प्रत्यक्ष निर्वाचित कार्यकारीलगायतका विषयलाई संविधान संशोधनमा समेट्नुपर्छ : प्रचण्ड

हिमाल प्रेस १३ असोज २०८२ १३:५२
38
SHARES
प्रत्यक्ष निर्वाचित कार्यकारीलगायतका विषयलाई संविधान संशोधनमा समेट्नुपर्छ : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दसैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

विजया दशमी २०८२ का अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने बताएका छन्।

उनले दसैँलगायत पर्वलाई सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्पसहित मनाउन आह्वान गरेका छन्।

जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दालाई सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा सिंगो मुलुक उभिएको जनाउँदै संयोजक प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने बेला आएको बताएका छन्।

माओवादी पार्टीले ‘जेनजी’ का मागलाई समर्थन तथा पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको उनले सन्देशमा उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast