कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू

हिमाल प्रेस १७ असोज २०८३ १५:४२ | Saturday, October 3, 2026
कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ।

पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो।

दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ।

नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलमलगायतका सामग्री राखिएको छ।

महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुलामञ्चमा हुनेछ।

१९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रकाशित: १७ असोज २०८३ १५:४२ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast