हालसम्मकै महँगो बन्यो सुन, कति पुग्यो?

हिमाल प्रेस ६ असोज २०८२ ११:२२ | Monday, September 22, 2025
हालसम्मकै महँगो बन्यो सुन, कति पुग्यो?

काठमाडौँ- सुनचाँदीको मूल्य आज फेरि हालसम्मकै सबैभन्दा महँगो बनेको छ। गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ बढेर दुई लाख १७ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ थियो।

गएको शुक्रबार सुनको मूल्य तोलाको आठसय रुपैयाँ बढेर दुई लाख १६ हजार रुपैयाँ पुगेको थियो। गएको भदौ ३१ गते तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेर केही घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

प्रकाशित: ६ असोज २०८२ ११:२२ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast