हेटौँडा औद्योगिक क्षेत्रमा दुई नयाँ उद्योग थपिँदै

हिमाल प्रेस ५ असोज २०८२ ११:४४
12
SHARES
हेटौँडा औद्योगिक क्षेत्रमा दुई नयाँ उद्योग थपिँदै

हेटौँडा- मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा दुई नयाँ उद्योग थपिँदैछन्। हिमालय एसीपी बोर्डस् प्रालि (एलुमुनियम बोर्ड) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उत्पादन) छिट्टै सञ्चालनमा आउने भएका छन्।

यसअघि पनि लक्की पोलि इन्डष्ट्रिज, टोटल प्याकेजिङ, थ्रिस्टार ग्रुप र बाबा मेनिफ्याक्चर प्रालि जस्ता उद्योग सुरु भएका थिए। हाल १३ उद्योग निर्माणाधीन छन् भने सुप्रिम मेटलले फलामको काटी उत्पादन पुनः सुरु गरिसकेको छ।

बन्द रहेका अन्य पाँच उद्योग पुनः सञ्चालनको तयारीमा छन्। अमेरिका सरकारको सहयोगमा २०२० सालमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४६ उद्योग तथा प्रतिष्ठान छन्।

कुल ३२२८ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा खाद्य, पेय पदार्थ, पेन्ट, पशु आहारा, कार्टुन लगायतका प्रमुख उद्योग सञ्चालनमा छन्।

प्रकाशित: ५ असोज २०८२ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast