तार्केश्वर-माछापोखरी रुटमा बस दुर्घटना, २० भन्दा बढी घाइते

हिमाल प्रेस ५ असोज २०८२ १०:१३ | Sunday, September 21, 2025
तार्केश्वर-माछापोखरी रुटमा बस दुर्घटना, २० भन्दा बढी घाइते

काठमाडौँ- तार्केश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको बा ५ ख ५० नम्बरको यात्रुवाहक बस आज बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा परेर २० जना भन्दा बढी यात्रु घाइते भएका छन्।

माछापोखरी बाइपासस्थित उकालो चोकमा बस पल्टिँदा यो घटना भएको हो। स्थानीयका अनुसार मोटरसाइकललाई जोगाउने क्रममा चालकले अचानक बस मोड्दा गाडी सडकमै पल्टिएको थियो।

घाइते यात्रुलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: ५ असोज २०८२ १०:१३ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast