पब्लिक स्पिच नेपालमा दीपक रावतले जिते प्रथम पुरस्कार

हिमाल प्रेस ४ असोज २०८२ १८:१०
8
SHARES
पब्लिक स्पिच नेपालमा दीपक रावतले जिते प्रथम पुरस्कार

काठमाडौँ- पब्लिक स्पिच नेपाल २०८२ मा जाजरकोटका दीपक रावत विजेता बनेका छन्। काठमाडौँमा सम्पन्न पब्लिक स्पिच नेपाल २०८२ को फाइनलमा रावत विजेता बनेका हुन्।

यसैगरी प्रतियोगितामा काठमाडौँकी मेलिसा कार्की दोस्रो, जाजरकोटका दीपक परियारले तृतीय भएका छन्। ईसेवाका माध्यमबाट सर्वोत्कृष्ट मत प्राप्त गर्दै दोलखाकी उमा कार्कीले पब्लिक च्वाइस अवार्ड जितिन् भने डोटीकी तोरिसा भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भइन् भने पर्साकी प्रार्थना अधिकारीले प्रोत्साहन पुरस्कार प्राप्त गरिन्।

क्रमशः प्रथम, द्वितीय, तृतीय भएका विजेतालाई ५० हजार, ३० हजार र २० हजार नगदसहित ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो भने पब्लिक च्वाइस अवार्ड विजेता कार्कीलाई २० हजार, सान्त्वना हुन सफल भण्डारीलाई ५ हजार र प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल अधिकारीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

विजेताहरुलाई निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, सामाजिक अगुवा चक्रबहादुर चन्द, निर्णायक समिति सदस्य उत्प्रेरक डा. ताराबहादुर गिरी (ताराजी), वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व संघीय अध्यक्ष देवीदत्त आचार्य, बागमती सरसफाइ अभियन्ता चक्रबहादुर चन्द, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरी, राष्ट्रिय युवा परिषदका सदस्य विनोद शाहीलगायतको उपस्थिति थियो।

बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन बास नेपाल काठमाडौँ शाखा अध्यक्ष शकुन्तला शाहले गरेकी थिइन्।

प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगीका लागि खुला सूचना जारी गरिएकोमा देशैभरबाट १३७ जनालले समसामयिक विषयमा बोलेको भिडियो सामग्री आयोजकलाई उपलब्ध गराएका थिए।

अडिसन राउन्डबाट ६७ जना सेमिफाइनल राउन्डका लागि छनोट भएका थिए। अडिसन राउन्डको नतिजा भदौ १३ गते आयोजकले प्रकाशन गरेको थियो।

अडिसन राउन्डबाट छनोट भएका प्रतियोगीबचि भदौ २० गते संघीय राजधानी काठमाडौँमा सेमिफाइनल भएको थियो। सेमिफाइनलबाट २२ जना प्रतियोगी फाइनलमा प्रवेश गरेका थिए। जसमध्ये १४ जनाले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए।

फाइनल प्रतियोगितामा आश्मी लोहनी, धोजबहादुर पुलामी मगर, दीक्षा भण्डारी, दीपक परियार, दीपक रावत, इसा थापा, मेलिसा कार्की, प्रार्थना अधिकारी, प्रिन्स यादव, श्रेया बुढाक्षेत्री, सुशान श्रेष्ठ, सुशीला धमला, टोरेसा भण्डारी, उमा कार्की प्रतिस्पर्धी थिए।

कार्यक्रम ह्यानि्डक्याप इन्टरनेसनल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय अपांग महासंघ नेपाल, कर्ण सकारात्मक कोष, सीआईजीपीलगायतको सहकार्यमा सम्पन्न भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast