अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

हिमाल प्रेस ३ असोज २०८२ २०:३९ | Friday, September 19, 2025
अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा नियन्त्रणमा लिइएको पाटेबाघ। प्रतिनिधिमूलक तस्बिर।

पर्सा– मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई शुक्रबार बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘गत असारयता वन क्षेत्रमा चार जना मान्छेको मुत्यु भएको रहेछ। स्थानीयले बाघबाटै मृत्यु भएको भनेकाले उक्त बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित र डर, त्रास देखिएकाले पनि उक्त बाघलाई नियन्त्रणमा लिइएको हो।’

सूचना अधिकारी भगतले नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको जानकारी दिए।

प्रकाशित: ३ असोज २०८२ २०:३९ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast