कांग्रेस बैठक : संविधानबाटै निकास खोज्ने, जेनजीको मागलाई आत्मसात गर्ने

हिमाल प्रेस ३ असोज २०८२ १६:३६
56
SHARES
कांग्रेस बैठक : संविधानबाटै निकास खोज्ने, जेनजीको मागलाई आत्मसात गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजि सम्पत्तिमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायीक छानविन आयोगको माग गरेको हो।

संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायित्वमार्फत मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

बैठकले संविधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकारवाला निकायसँग छलफल गरी शान्ति, लोकतन्त्र र अग्रगमनको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। त्यस्तै जेनजी आन्दोलनका जायज मागलाई आत्मसात गर्ने निर्णय गर्दै त्यसलाई विधिवत् रुपमा सम्बोधन गर्न कांग्रेस सदैव प्रतिवद्ध रहेको निष्कर्ष निकालेको विश्वकर्माले बताए।

बैठकले पार्टी सभापतिमाथिको आक्रमण र निजी निवासमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाको कडा निन्दा र भत्र्सना गर्ने निर्णय गरेको उनले जानकारी दिए। विश्वकर्माले अहिले पार्टी सभापति शेर बहादुर देउवाको उपचार जारी रहेको पनि बताए। सभापतिको गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको उनको भनाइ छ।

विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले दिएको उल्लेख गरे। त्यस्तै उनले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न आवश्यक तयारी समेत भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast