विद्यालय कर्मचारी परिषद्ले गर्‍यो पाँच निर्णय

हिमाल प्रेस २ असोज २०८२ ११:४८
1.8k
SHARES
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो पाँच निर्णय नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको बुधबार (१ असाेज) को भर्चुअल बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ।

बैठकले अघिल्लो बैठकअनुसार स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा परिषद् भेला आगामी असोज मसान्तभित्र सम्पन्न गर्नुपर्ने निर्णयलाई पुनःस्पष्ट पारेको छ। आवश्यकताअनुसार पदाधिकारी हेरफेर गर्ने अधिकारसमेत बैठकले दिइएको छ।

यस्तै, परिषद्को वर्तमान अवस्थामा आवश्यक निर्णय गर्न र अघि बढाउन ९ सदस्यीय समिति गठन गर्ने निर्णय बैठकले गरेको छ।

परिषद् राष्ट्रिय समितिको परिषद् भेला २०८२ मंसिर १२ र १३ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, जिल्ला परिषद्‌हरूबाट पठाउनुपर्ने ईआई शुल्क असोज मसान्तभित्रै राष्ट्रिय समितिको खातामा पठाइसक्न निर्देशन जारी गर्ने निर्णय भएको छ।

यसैबीच, बैठकले जेनजी समूहद्वारा गत भदौ २३ र २४ गते सरकारले चालेको कदमविरुद्ध दबाबस्वरूप गरिएको प्रदर्शनका क्रममा साहदत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्ने शोक प्रस्ताव पारित गरेको छ।

प्रकाशित: २ असोज २०८२ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast