अहिलेसम्मकै महँगो सुनको मूल्य आज घट्यो

हिमाल प्रेस १ असोज २०८२ ११:०० | Wednesday, September 17, 2025
अहिलेसम्मकै महँगो सुनको मूल्य आज घट्यो

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। गएका दुई दिन लगातार बढेर उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज तोलाको एक हजार रुपैयाँ घटेको हो।

आज सुनको मूल्य तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो।

सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार बढेर हालसम्मकै महँगो भएको चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँ घटेको हो।

चाँदीको मूल्य आज तोलाको दुई हजार पाँच सय ५० रुपैयाँमा झरेको छ।

प्रकाशित: १ असोज २०८२ ११:०० | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast