कांग्रेस कार्यालय पुगेर प्रदीप ज्ञवालीले भने : क्रिमिनल केस र जग्गासम्बन्धी फाइल खोजी खोजी जलाउने काम भयो

हिमाल प्रेस १ असोज २०८२ ८:०५
98
SHARES
कांग्रेस कार्यालय पुगेर प्रदीप ज्ञवालीले भने : क्रिमिनल केस र जग्गासम्बन्धी फाइल खोजी खोजी जलाउने काम भयो

काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते असामान्य खालका गतिविधि देखिएको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय अवलोकनका लागि पुगेका ज्ञवालीले जेनजीका नाममा अनेक समूहले अदालत, महान्यायाधिवक्ताको कार्यालयमा आगजनी र लुटपाटमा असामान्य गतिविधि गरेको बताएका हुन् ।

‘छानिछानि आक्रमण गरियो। सतहभित्रका कुरा बाहिर आएको छैन । सरकारले न्यायिक छानबिन आयोग बनाउने भनेको छ। छिटो गरेर सत्य तथ्य बाहिर ल्याइयोस् । गहिराइमा पुगेर छानबिन होस । असाध्यै असामान्य खालका घटना भएका छन्,’ ज्ञवालीले भने, ‘महान्यायाधिवक्ताको कार्यालयको कम्प्युटरबाट हार्ड डिस्क चोरी गरिएको छ । सर्वोच्च अदालतका क्रिमिनल केस, जग्गासम्बन्धी फाइल खोजी खोजी जलाउने काम भयो । यस्तै प्रकृतिका लुटपाट र आगजनी नियोजित हिसाबले गरिएको छ ।’

ज्ञवालीले राष्ट्र नै संकटका बेलामा रहेकोले आपसी मतान्तर बिर्सिएर अगाडि बढ्नुपर्ने बताएका छन्। ज्ञवालीले क्षतिग्रस्त कांग्रेस केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए।

ललितपुरको सानेपास्थिति कांग्रेस केन्द्रीय कार्यालय आन्दोलनकारीहरूले पूरै आगजनी गरेका छन् ।

प्रकाशित: १ असोज २०८२ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast