बिमा दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त

हिमाल प्रेस ३१ भदौ २०८२ ७:४९
8
SHARES
बिमा दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त

विराटनगर- स्वास्थ्य बिमा रकम दुरुपयोग गर्ने कोशी अस्पतालको औषधि पसल (फार्मेसी) का तीन कर्मचारी बर्खास्त भएका छन्।

बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगी छन्। उनीहरू करारका कर्मचारी हुन्। अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन।

ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमिततामा संलग्न भएको पाएपछि सेवाबाट बर्खास्त गरेको जनाइएको छ।

मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर आएको हो। अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि ती बिरामीको बिमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि ती बिरामीले अस्पताल प्रशासनमा उजुरी दिएका थिए।

लिखित उजुरी प्राप्त भएपछि अस्पतालले छानबिन समिति गठन गरी अनुसन्धान गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताइन्।

प्रकाशित: ३१ भदौ २०८२ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast