कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

हिमाल प्रेस ३० भदौ २०८२ २१:०४ | Monday, September 15, 2025
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङ– लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन्। भन्सार विभागको प्रक्रिया पु¥याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन्।

मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिब ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको छ। आठ दिनअघि मात्रै खुल्ला गरिएको यस नाकाबाट हालसम्म १०० बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।

यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो। तर, त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरलानाका वैकल्पिक रूपमा प्रयोग गरिएको हो।

‘भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट ५०० भन्दाबढी ईभी ल्याउने जनाइएको छ,’ उनले भने, ‘चिनियाँ भन्सारमा जाँचपास भए पनि नेपाली भन्सारले पनि जाँचपास गर्छ।’

चीनबाट आयात गरिएका विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए।

यस नाकाबाट गाडीसहित पर्व लक्षित लत्ता कपडा, विद्युतीय र कस्मेटिक सामग्री आयात गर्ने तयारी गरिएको छ। चिनियाँ भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला मालवाहक कन्टेनर न्हेचुङ आइपुगेका छन्।

मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरलानाका आइपुगेको भन्सार प्रमुख खड्काले बताए।

प्रकाशित: ३० भदौ २०८२ २१:०४ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast