तीन मन्त्रीलाई बाबुरामको सुझाव- जेनजी पुस्ताको आकांक्षाअनुसार काम गर्नुस्

हिमाल प्रेस ३० भदौ २०८२ १४:१८
90
SHARES
तीन मन्त्रीलाई बाबुरामको सुझाव- जेनजी पुस्ताको आकांक्षाअनुसार काम गर्नुस्

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले जेनजी पुस्ताको आकांक्षाअनुसार भ्रष्टाचारमुक्त सुशासन र सदाचारयुक्त आचरणलाई अंगाल्दै नयाँ नेपाल निर्माणमा अघि बढ्न नवनियुक्त तीन मन्त्रीहरूलाई सुझाव दिएका छन्।

राष्ट्रपति निवासमा आज आयोजित सपथ ग्रहण कार्यक्रममा नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङलाई शुभकामना दिँदै भट्टराईले नयाँ पुस्ताको चाहना र अपेक्षालाई आत्मसात् गरेर काम गर्न सुझाव दिए।

डा.भट्टराईको सचिवालयका अनुसार भट्टराईले नयाँ नेतृत्वले पारदर्शिता, इमान्दारिता र सकारात्मक आचरणमार्फत युवापुस्ताको सपना पूरा गर्ने आशा गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast