लुटपाटका सामान ओसारपसार हुनसक्नेतर्फ ध्यान पुर्‍याउन यातायात व्यवसायी महासंघको आग्रह

हिमाल प्रेस २९ भदौ २०८२ २१:३३
10
SHARES
लुटपाटका सामान ओसारपसार हुनसक्नेतर्फ ध्यान पुर्‍याउन यातायात व्यवसायी महासंघको आग्रह

काठमाडौँ- देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ‘जेनजी पुस्ता’ को आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामान र हतियार सार्वजनिक सवारीसाधनमा ओसारपसार हुनसक्ने भन्दै ध्यान दिन आग्रह गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले आज (आइतबार) एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामग्री र हतियार सार्वजनिक सवाकरीसाधनमा लैजान सक्ने अवस्था सिर्जना भएकाले त्यस्ता सामग्री कहीँ कसैले लगेको थाहा पाएमा नजिकको सुरक्षा निकायमा जानकारी गराउन सम्पूर्ण यातायात व्यवसायी तथा मजदुरलाई आग्रह गरेका थिए।

‘जेनजी पुस्ताका युवा पुस्ताले आफ्ना माग पूरा गर्न आयोजना गरेको प्रदर्शनमा केही अराजक समूहको घूसपैठका कारण नेपाल प्रहरीका हातहतियार लुटपाट, व्यापारिक भवनबाट बहुमूल्य सामान लुटपाट गरी लगेको हुँदा त्यस्ता सामान सार्वजनिक सवारीसाधनमा लैजान सक्ने अवस्था सृजना भएकाले ध्यान दिनुपर्छ,’ महास‌ंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महासंघले जेनजी पुस्ताको आन्दोलनमा नारायणी यातायात व्यवसायी कम्पनी प्रालि, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा क्षति पुगेको भन्दै क्षति पुर्‍याउने व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनुका साथै क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने जनाएको छ।

महासचिव गौतमले आज (आइतबार) देखि देशभरि सार्वजनिक सवारीसाधन पूर्ववत् रूपमा सञ्चालन भएको समेत विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रकाशित: २९ भदौ २०८२ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast