नेपालमा अन्तरिम सरकार स्वागत गर्दै अमेरिकाको प्रशंसा

हिमाल प्रेस २९ भदौ २०८२ १३:३१ | Sunday, September 14, 2025
नेपालमा अन्तरिम सरकार स्वागत गर्दै अमेरिकाको प्रशंसा

काठमाडौँ- अमेरिकाले नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई स्वागत गरेको छ। जेनजी युवा आन्दोलनका क्रममा भएका दुःखद् घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै अमेरिकाले सकारात्मक प्रतिक्रिया जनाएको हो।

अमेरिकी दूतावासले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको छ। साथै, राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न खेलेको भूमिकाप्रति कृतज्ञता प्रकट गरेको छ।

नेपाललाई परेको शोकमा आफूहरू साथमै रहेको जनाउँदै अमेरिकाले आगामी महिनाहरूमा हुने नयाँ निर्वाचनको तयारीका क्रममा पनि सहकार्य गर्न तत्परता जनाएको छ।

प्रकाशित: २९ भदौ २०८२ १३:३१ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast