
काठमाडौँ– जेनजीको नाममा भएको हिंसात्मक प्रदर्शनमा मुख्य दलका प्रमुख नेताहरू टार्गेेेटमा परे। अधिकांश नेताहरूको घर तोडफोड र आगजानी भयो।
जेनजी दाबी गर्दै हिंस्रक समूहले परिवारका सदस्यलाई घर निकाल्ने र घर विनास गर्ने काम गरे। अधिकांश ठूला नेता र तत्कालीन प्रधानमन्त्री/मन्त्रीले नेपाली सेनाको सुरक्षा लिएर ज्यान जोगाए। यति हुँदाहुँदै पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती हिंस्रक समूहको टार्गुेेेटमा परे।
बुढानिलकण्ठस्थित घरमै रहका उनीहरूलाई युुवाको ग्याङले कुटपिट पनि गरे। अन्तत: उनीहरूलाई पनि सेनाले सुरक्षा दियो ज्यान बचाए। भौतिक संरचनामा क्षति भए पनि अधिकांश नेेताको परिवारमा दु:खद घटना घटेन। तर, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेेता झलनाथ खनालको परिवार भने हिंस्रक समूहको टार्गेटमा परिहाल्यो।
सेनाको अनुरोधमा खनाल घरबाट भाग्न सफल भए भने उनकी श्रीमती रवि चित्रकार भने जलेर घाइते बनिन्। खनालले पनि श्रीमति र छोरालाई भाग्न भनेेका थिए। छोरा भाग्न सफल भए पनि श्रीमती घरको दुईतलामाथि रहदा झर्न पाइन्न्। खनालका अनुसार घर जल्न थालेपछि रविले बचाउन भनिन् तर युवाले चासो दिएनन्। अन्तत: केही समयपछि नेपाली सेनाले घरभित्र पस्न बेहोसी अवस्थामा उनलाई भेट्यो।
घर दनदनी बलिरहेको अवस्थामा घाइतेलाई अर्को घरबाट भर्याङ लगाएर निकालिएको थियो। उनको अवस्था अहिले पनि गम्भीर छ तर चिकित्सकले खतरामुक्त भनेको छ। कीर्तिपुरस्थित बोर्न अस्पतालमा उनको उपचार जारी छ। पारिवारिक स्रोतका अनुसार हिजो मात्रै खनालले पनि श्रीमती भेट्न पाए। सेनाको रेखदेखमा रहेका खनालले दुईदिन सम्म श्रीमती भेट्न पाएका थिएनन्। उनको परिवार र निकट स्रोत आफ्नो घर जेनजीले सखाप नबनाएको दाबी गर्छ। जेनजी उमेर समूहभन्दा माथिको जथ्थाले घर जलाएको थियो। खनाल परिवारको अर्को दुःखद खबर पनि सम्प्रेशित भयो। घर जलेकै दिन खनालकी श्रीमतीको निधन भएको भ्रामक खबर फैलियो। समाजिक सञ्जालमार्फत फैलिएको खबर केही आधिकारिक न्युज पोर्टलले पनि पत्याएर लेखे। यसरी भ्रामक समाचार सलहसरी फैलिनुमा खनाल निकट स्रोत पार्टी निकट नेताहरूलाई दोष देखाउँछ।
घाइते भएर उपचार भइरहनुभएको बारेमा हाम्रै पार्टीका एकजना नेताले गलत सञ्चार मिडियामा दिएको थाहा पाइयो।´
खनाल निकट एक नेता भन्छन्,
गलत समाचार दिने नेतालाई पार्टीले कारबाही गर्छ कि गर्दैन? जीवित मान्छेलाई मृत्यु भएको भनेर हल्ला चलाउने हाम्रै पार्टीको नेताको के उद्देश्य हो सबै कार्यकर्ताले बुझ्नुपर्ने भयो।´अहिले भने स्वास्थ्यमा सुधार आएको खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए।