सुशीला प्रधानमन्त्री बनेपछि बालेनको प्रतिक्रिया : जेनजीको योगदान र बलिदान कदर भयो

हिमाल प्रेस २८ भदौ २०८२ ६:४७ | Saturday, September 13, 2025
सुशीला प्रधानमन्त्री बनेपछि बालेनको प्रतिक्रिया : जेनजीको योगदान र बलिदान कदर भयो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले मुलुकमा अन्तरिम सरकार गठन र संसद् विघटन भएपछि आन्दोलनकारी जेन-जीप्रति सम्मान प्रकट गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। शपथलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी छन्।

यसप्रति खुसी हुँदै मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेन-जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

 

प्रकाशित: २८ भदौ २०८२ ६:४७ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast