सुशीला कार्कीले आजै ९ बजे शपथ लिने, प्रतिनिधिसभा विघटन

हिमाल प्रेस २७ भदौ २०८२ १९:३० | Friday, September 12, 2025
सुशीला कार्कीले आजै ९ बजे शपथ लिने, प्रतिनिधिसभा विघटन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले आज (शुक्रबार) राति ९ बजे प्रधानमन्त्रीको शपथ लिने भएकी छन्। शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई प्रधानमन्त्रीको शपथ गराउने सहमति जुटेको राष्ट्रपति कार्यालयको उच्च स्रोतले जानकारी दिएको छ।

त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटनको विपक्षमा थिए। यता जेनजी अगुवा र कार्कीले पनि प्रतिनिधिसभा विघटन नभएसम्म आफू प्रधानमन्त्री नबन्ने अडान लिएकी थिइन्। केहीबेरमा राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्ने तयारी छ।

प्रकाशित: २७ भदौ २०८२ १९:३० | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast