सागर ढकालले लेखे- राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने बनाउन पर्ने भयो

हिमाल प्रेस २७ भदौ २०८२ १७:२५ | Friday, September 12, 2025
सागर ढकालले लेखे- राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने बनाउन पर्ने भयो सागर ढकाल

काठमाडौँ- अभियन्ता एवम् जेनजीको आन्दोलनमा समर्थक गरिरहेका सागर ढकालले राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूका माग पूरा गर्न नचाहेको आरोप लगाएका छन्। उनले अब राष्ट्रपतिलाई टेर्ने बनाउन युवाहरूलाई आह्वान गरेका हुन्।

उनले नेपाली कांग्रेसका राष्ट्रपतिबाट अल्झाउने प्रयास भइरहेको टिप्पणी गरेका छन्। ढकालले फेसबुकमा लेखेका छन्, ‘उहाँले जेनजी पुस्तालाई कमजोर बनाउन समय लम्बाउने काम मात्र गर्नुभएको छ। हाम्रा साथीहरुलाई छुट्टाछुट्टै राखिएको छ।’

उनले राष्ट्रपति कार्यालयमा गएर सबै मिलेर शेरबहादुर देउवालाई समातेजस्तै अब राष्ट्रपतिलाई समातेर राख्नुपर्ने अवस्था आएको पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘जेनजीको‌ पहिलो माग लुकेर होइन राष्ट्रपतिले लाइभ बसेर पूरा गर्नुपर्छ। संसद् विघटनपछि अन्तरिम नागरिक सरकार! अरू माग यसपछि।’

उनले नेपालको सुरक्षा निकायलाई अझै कति जनाको‌‌ लास चाहिएको हो हिसाब गर्दै गर्न आग्रह गरेका छन्। ढकालले लेखेका छन्, ‘नेपालको सुरक्षा निकाय अझै कति जनाको‌‌ लास चाहिएको छ, हिसाब गर्दै गर्नु, हामी तयार छौँ।’

प्रकाशित: २७ भदौ २०८२ १७:२५ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast