भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए

हिमाल प्रेस २७ भदौ २०८२ १६:३५ | Friday, September 12, 2025
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ। बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन्।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन्। उनले भने, ‘बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए।’

भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुंगानाले बताए।

उनले भने, ‘कतिय सम्पर्कमा हुनुहुन्छ। कारागार आउने क्रम जारी छ।’

कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन्। करिब ५० जना भने सम्पर्कमा नआएको उनले जानकारी दिए। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए।

प्रकाशित: २७ भदौ २०८२ १६:३५ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast