जेनजी आन्दोलन : आगजनी-तोडफोडका तस्बिर र भिडियो उपलब्ध गराउन प्रहरीको अनुरोध

हिमाल प्रेस २७ भदौ २०८२ १६:०१
जेनजी आन्दोलन : आगजनी-तोडफोडका तस्बिर र भिडियो उपलब्ध गराउन प्रहरीको अनुरोध

काठमाडौँ- नेपाल प्रहरीले गत साेमबार र मंगलबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा जेनजी आन्दोलनका क्रममा घटेका अप्रिय घटनासम्बन्धी सामग्री उपलब्ध गराउन आम सर्वसाधारणलाई अनुराेध गरेको छ।

प्रहरी मुख्यालयले शुक्रबार जारी गरेको सूचनामा आगजनी, लुटपाट र त्रास उत्पन्न गर्ने खालका र अन्य घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन आग्रह गरिएको हो।

‘यस्ता सामग्रीहरू तपाईँहरूसँग भए कृपया [email protected] मा पठाई सहयोग गर्नुहोस्,’ प्रहरीद्वारा जारी सूचनामा भनिएको छ।

प्रहरीले पठाइएका सूचनादाताको गोपनीयता पूर्णरूपमा कायम रहने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast