राष्ट्रपति परामर्शमा

हिमाल प्रेस २७ भदौ २०८२ १४:५२ | Friday, September 12, 2025
राष्ट्रपति परामर्शमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शमा जुटेका हुन्।

सरकार गठनका लागि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संवैधानिक प्रक्रियाबारे टुंगो लगाउन बाँकी रहेको छ।

राष्ट्रपति पौडेल शितल निवासमा फर्किएसँगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित: २७ भदौ २०८२ १४:५२ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast