
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको विघटन र संविधानको खारेजी मुलुकको हितमा नहुने बताएका छन्।
अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णयको स्वागत गर्दै यादवले यस्तो बताएका हुन्।
संविधान पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नुपर्ने उनको भनाइ छ।
‘वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गरी संविधान र संसदलाई कायमै राख्नु पर्दछ। संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुनसक्दैन,’ अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेखेका छन्,‘अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ।’
प्रकाशित: २७ भदौ २०८२ १०:५०
प्रतिक्रिया