झुम्का कारागारबाट भागेका १२ कैदी पक्राउ

हिमाल प्रेस २७ भदौ २०८२ ८:५६
झुम्का कारागारबाट भागेका १२ कैदी पक्राउ

इटहरी- झुम्का कारागारबाट भदौ २४ गते भागेका कैदीहरूमध्ये हालसम्म १२ जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राईलाई नियन्त्रणमा लिइएको हो।

नेपाली सेनाको कालीशक्ति ईन्जिनियर गण याङ्शिला ब्यारेक मोरङबाट सहसेनानी अमिर थापाको कमाण्डमा खटिएको टोली र इप्रका धरानका प्रसनि वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, लागूऔषध मुद्दामा कैद भोगिरहेका कैलाली धनगढी उपमहानगर-७ घर भई हाल धरान-२ बस्ने ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

सुनसरी प्रहरीका अनुसार हालसम्म झुम्का कारागारबाट भागेर फरार भएकामध्ये १२ जनालाई पक्राउ गरिएको हो।

प्रकाशित: २७ भदौ २०८२ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast