टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २३ भदौ २०८२ ७:३२
8
SHARES
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा प्र ०६-००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले आज ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका-७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।

प्रकाशित: २३ भदौ २०८२ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast