शिक्षक, ईसीडी शिक्षक, विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा कोष आवद्ध गराउन यस्तो परिपत्र

हिमाल प्रेस २२ भदौ २०८२ १२:०९
3.4k
SHARES
शिक्षक, ईसीडी शिक्षक, विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा कोष आवद्ध गराउन यस्तो परिपत्र

काठमाडौँ- बारबर्दिया नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया सुरु गरेको छ। यसका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले रु १ करोड २९ लाख ६५ हजार विनियोजन गरेको छ।

नगरपालिकाको कार्यालयले सामुदायिक विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन, प्यान नम्बर प्रयोग गरी ssf.gov.np मार्फत फाराम भर्न र विद्यालयमा कार्यरत सम्पूर्ण करार शिक्षक, राहत शिक्षक, अस्थायी नगर शिक्षक, बालविकास शिक्षक (ईसीडी शिक्षक) तथा विद्यालय सहयोगीलाई अनिवार्य रूपमा आवद्ध गराउन अनुरोध गरेको छ।

यसका साथै शिक्षक तथा कर्मचारीलाई आवश्यक कागजात (नागरिकता, श्रीमान/श्रीमती तथा बालबालिकाको फोटो, विवाह वा जन्मदर्ता प्रमाणपत्र) पेस गरी विद्यालयमार्फत सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनुपर्ने व्यवस्था गरिएको छ। सबै शिक्षक तथा कर्मचारीले KYC अपडेट गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

प्रकाशित: २२ भदौ २०८२ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast