
काठमाडौँ- ललितपुरको हरिसिद्धीमा मन्त्री सवार गाडीले ठक्कर दिँदा घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी नम्बर प्लेट को १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका २८ डेरा गरी बस्ने ११ वर्षीया बालिकालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।
उपचारपश्चात उनी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।
एसपी जोशीका अनुसार बालिकाको गाला र घुँडामा चोट लागेको थियो।
प्रकाशित: २१ भदौ २०८२ ११:५२
प्रतिक्रिया