झनै बढ्यो सुनको भाउ, आज २ लाख ५ हजार ९०० रुपैयाँ

हिमाल प्रेस १७ भदौ २०८२ ११:१०
10
SHARES
झनै बढ्यो सुनको भाउ, आज २ लाख ५ हजार ९०० रुपैयाँ

काठमाडौँ- सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो ।

जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित: १७ भदौ २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast