डा. केसीद्वारा सत्याग्रह सुरु

हिमाल प्रेस १५ भदौ २०८२ २१:०९ | Sunday, August 31, 2025
डा. केसीद्वारा सत्याग्रह सुरु फाइल तस्बिर

सुदूरपश्चिम– प्राध्यापक डा. गोविन्द केसीले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका उनले आइतबार पत्रकार सम्मेलन गर्दै तीनदिने २३ औँ सत्याग्रह सुरु गरेको घोषणा गरे।

डा. केसीले सरकारले गलत ढंगले निजी मेडिकल कलेजलाई विद्यार्थी संख्या वृद्धि गर्न गरेको निर्णय तुरन्त फिर्ता लिन र शुल्क वृद्धि नगर्न माग गर्दै सत्याग्रह सुरु गरेको बताए।

यसैगरी, विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना तथा गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न उनले माग गरेका छन्।

यस्तै, एकीकृत स्वास्थ्य शिक्षा र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गरी सेवा प्रवाह गर्नेलगायत यसअघिका सम्झौता कार्यान्वयन गर्न डा. केसीले आग्रह गरे।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै विगतमा पनि उनी पटकपटक अनशन बसेका थिए।

प्रकाशित: १५ भदौ २०८२ २१:०९ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast