खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १५ भदौ २०८२ १७:४८ | Sunday, August 31, 2025
खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार जिल्ला शिक्षा अधिकारी डा‍‍.गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

हलेसी तुवाचुङ नगरपालिका-४ को लक्ष्मी माध्यामिक विद्यालयको भवन निर्माणमा ३० लाख बजेट निकासा भए पनि २ लाख ७२ हजार ३२८ हजार बराबरको मात्र काम भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। ‘२ लाख ७२ हजार ३२८ रुपैयाँको भवन बनाएर २४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अख्तियारका अनुसार २०७१/ ०७२ मा विद्यालयको ४ कोठे भवन बनाउने निर्णय भएको थियो। त्यसैले तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टराई, अधिकारीद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

त्यस्तै, सव इन्जिनियर शिवराज राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहाल, शेषकुमार पौड्याल, तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्रप्रसाद दाहाल र ऋषिराम पोखरेल, नयनकुमार राई तत्कालीन लेखापाल सीता कार्की र भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङविरुद्ध मुद्दा दर्ता भएको हो।

प्रकाशित: १५ भदौ २०८२ १७:४८ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast