
काठमाडौँ- नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल निर्वाचित भएका छन्। झापा बिर्तामोडमा भएको नवौँ वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशनबाट पाँचथरका नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
महाधिवेशनले नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ। प्रज्वल बिमली महासचिव, रामकृष्ण विष्ट कोषाध्यक्ष, प्रेम राई र संजीव घिमिरे सहसचिवमा चयन भएको नवनिर्वाचित अध्यक्ष नेपालले जानकारी दिए ।
प्रकाशित: १५ भदौ २०८२ ९:०८
प्रतिक्रिया