चीन भ्रमणमा लिपुलेकबारे कुरा उठ्छ : ओली

हिमाल प्रेस १३ भदौ २०८२ १८:४२ | Friday, August 29, 2025
चीन भ्रमणमा लिपुलेकबारे कुरा उठ्छ : ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन्।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताएका हुन्।

उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अवश्य उठ्ने’ प्रतिक्रिया दिए।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ।

प्रकाशित: १३ भदौ २०८२ १८:४२ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast