शिक्षा विधेयकमा अडान राख्दा माओवादीप्रति शिक्षकहरूको आकर्षण बढ्यो : प्रचण्ड 

हिमाल प्रेस ११ भदौ २०८२ १४:४१ | Wednesday, August 27, 2025
शिक्षा विधेयकमा अडान राख्दा माओवादीप्रति शिक्षकहरूको आकर्षण बढ्यो : प्रचण्ड 

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूलाई न्याय गर्न नसकेको बताएका छन्। उनले विधेयकमा पार्टीले लिएको अडानका कारण लाखौँ शिक्षक वर्गमा माओवादीप्रतिको विश्वास बढेको दाबी गरे।

कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले भने,‘कांग्रेस र एमालेको गलत सोचविरुद्ध हाम्रो पार्टीले लिएको अडानका कारण शिक्षकहरूले खुलेर समर्थन देखाएका छन्।’

गत बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित हुँदा माओवादी केन्द्रका सांसदहरूले असहमति प्रकट गर्दै फरक मतसमेत पेस गरेका थिए।

अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई विधेयकले न्याय गर्न नसकेको उल्लेख गर्दै सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, महिन्द्र राय यादव र ज्ञानु बस्नेत सुवेदीले फरक मत समिति सभापति अम्मरबहादुर थापालाई बुझाएका हुन्।

यसअघि प्रचण्डले हालै सम्पन्न स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी निकट उम्मेदवारहरूको विजयलाई जनविश्वास पुनः आर्जन भएको प्रमाणका रूपमा प्रस्तुत गरेका थिए।

प्रकाशित: ११ भदौ २०८२ १४:४१ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast