स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति

हिमाल प्रेस १० भदौ २०८२ १६:५३
10
SHARES
स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति

नवलपरासी- बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार वडाभित्र स्थायी ठेगाना भई हाल शिक्षण संस्थामा कक्षा ११, १२ र स्नातक तह अध्ययन गर्दै आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको पाल्हीनन्दन गाउँपालिका–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए।

उनका अनुसार भैरहवा बहुमुखी क्याम्पस, मायादेवी टेक्निकल, पाल्ही बहुमुखी क्याम्पस, जनता मावि, रुपन्देही लीलाराम न्यौपाने मावि, पवन मावि, राजनारायण मावि, आदर्श मावि, दिव्यज्योति बहुमुखी क्याम्पस, साकुरा मेमोरियल, हुप्सेकोट प्राविधिक शिक्षालय, एभरेष्ट मावि बुटवल, शिक्षण संस्थाले विद्यालयमा भर्ना भई अध्ययन गरिरहेको सिफारिसका आधारमा विद्यार्थीको बैंक खातामा छात्रवृत्ति रकम निकासा गरिएको छ।

वडा कार्यालयले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शिक्षा नीति निर्माण गरी एक जना विद्यार्थीलाई १० हजार रुपैयाँका दरले ३० जना विद्यार्थीलाई रु तीन लाख छात्रवृत्ति दिँदै आएको वडाध्यक्ष सहानीले जानकारी दिए।

वडा कार्यालयले छात्रवृत्तिलाई निरन्तरता दिएको पाल्ही बहुमुखी क्याम्पसका प्रमुख दीपक आर्यालले बताए। उनका अनुसार कक्षा १२ अध्ययनपश्चात रोजगारीका लागि विद्यार्थीहरू जिल्ला बाहिर थालेपछि वडाले स्नातक तह अध्ययनका लागि छात्रवृत्ति दिन थालेको हो।

प्रकाशित: १० भदौ २०८२ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast