शिक्षक महासंघले गर्‍यो धर्ना कार्यक्रम घोषणा

हिमाल प्रेस १० भदौ २०८२ १२:१४ | Tuesday, August 26, 2025
शिक्षक महासंघले गर्‍यो धर्ना कार्यक्रम घोषणा

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा चरणबद्ध धर्ना कार्यक्रम गर्ने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनअन्तर्गत धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनका अनुसार २०८२ भदाै ११ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम आयोजना हुनेछ। सो अवसरमा महासंघले ध्यानाकर्षण पत्र बुझाउने पनि जनाएको छ।

यसैगरी, २०८२ भदाै १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा र भदाै १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि धर्ना आयोजना गरिने अध्यक्ष सुवेदीले जानकारी दिएका छन्।

महासंघले हालैको विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनको कार्यक्रम अघि सारेको हो।

प्रकाशित: १० भदौ २०८२ १२:१४ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast