
काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले आज सोमबार दिउँसो र रातिको सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ।
आज राती देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।