कोरिया पठाइदिने भन्दै एक करोड बढी ठगी गर्ने व्यक्ति पक्राउ

हिमाल प्रेस ६ भदौ २०८२ ५:३० | Friday, August 22, 2025
कोरिया पठाइदिने भन्दै एक करोड बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना व्यक्तिलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

पक्राउपर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘दीपक थापा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी साहारा सुब्बा (थेवे) भएको वैदेशिक रोजगार ठगीसम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचलबाट पक्राउ गरी उपस्थित गराइदिने पत्र प्राप्त भएपछि निजलाई ललितपुर हरिसिद्धिबाट पक्राउ गरिएको हो।’

पक्राउ परेका थेवेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार नै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: ६ भदौ २०८२ ५:३० | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast