दार्चुलामा जिप दुर्घटना, एक महिलाको मृत्यु

हिमाल प्रेस ५ भदौ २०८२ १५:११ | Thursday, August 21, 2025
दार्चुलामा जिप दुर्घटना, एक महिलाको मृत्यु

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिकामा भएको जिप दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान नौगाड गाउँपालिका–४ होपरीमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको गोकुलेश्वर अस्पतालले जनाएको छ।

दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ५ भदौ २०८२ १५:११ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast