नुवाकोटमा राहत शिक्षक पदच्युत, कार्यसमितिको आपत्ति

हिमाल प्रेस ४ भदौ २०८२ १३:१५ | Wednesday, August 20, 2025
नुवाकोटमा राहत शिक्षक पदच्युत, कार्यसमितिको आपत्ति

नुवाकोट- नुवाकोटको ककनी गाउँपालिका-१ स्थित भवानी माध्यमिक विद्यालयमा कार्यरत विज्ञान विषयका राहत दरबन्दी शिक्षक सन्तोष सापकोटा पदच्युत भएका छन्। विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै यही भदौ ३ गते सापकोटालाई पदच्युत गरिएको पत्र प्रदान गरिएको हो।

२०८१ साल फागुन ४ गते नियुक्त भई अध्यापन गर्दै आएका शिक्षक सापकोटा अध्यापन कार्य दक्षता, लगनशीलता र इमानदारीपूर्वक गर्दै आएको नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति नुवाकोटको दाबी छ।

समितिले जारी गरेको आपत्ति तथा ध्यानाकर्षण पत्रमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले बारम्बार गालीगलौज गर्ने, परीक्षा अवधिको खर्च तिर्नुपर्ने धम्की दिने र व्यक्तिगत दुर्भावनाका आधारमा गैरकानूनी ढंगले पदच्युत निर्णय गरेको आरोप लगाइएको छ।

समितिले पदच्युत निर्णय शिक्षा ऐन, नियमावली र प्रचलित कानुनी प्रावधानविपरीत भएको दाबी गर्दै सो निर्णय तत्काल सच्याई सापकोटालाई पूर्ववत् पदमा बहाल गर्न माग गरेको छ।

२४ घण्टाभित्र निर्णय नसच्याइए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गर्ने चेतावनी समेत कार्यसमितिले दिएको छ। साथै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई प्रत्यक्ष जिम्मेवार ठहर गर्ने चेतावनी पनि पत्रमार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित: ४ भदौ २०८२ १३:१५ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast