दुई दिनमै २८ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तो

हिमाल प्रेस ४ भदौ २०८२ ११:३० | Wednesday, August 20, 2025
दुई दिनमै २८ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ। दुई दिनको अन्तरालमा सुन प्रतितोला २८ सय रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला १२ सय रुपैयाँले घटेको सुन बुधबार थप १६ सय रुपैयाँले सस्तिएको हो।

सोमबार सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको थियो भने मंगलबार एक लाख ९५ हजार एक सय रुपैयाँमा झरेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रुपैयाँले घट्दै प्रतितोला २२ सय ५५ रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ३३१८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३७.०९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ४ भदौ २०८२ ११:३० | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast