बाढी पूर्वानुमान : उच्च जोखिम र अति उच्च उच्च जोखिममा परेनन् कुनै जिल्ला

हिमाल प्रेस ४ भदौ २०८२ ९:४०
4
SHARES
बाढी पूर्वानुमान : उच्च जोखिम र अति उच्च उच्च जोखिममा परेनन् कुनै जिल्ला

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले विभिन्न नदीमा बहावको सम्भावित जोखिमको पूर्वानुमान गरेको छ। महाशाखाले नदीको विवरणसहित न्यून जोखिम, मध्य जोखिम, उच्च जोखिम र अति उच्च जोखिम तहमा विभाजन गरेको छ। जिल्लाका आधारमा पनि जोखिम पूर्ण जिल्ला पूर्वानुमान गरेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बुधबार ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु,, रसुवा, धादिङ, रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, गोरखा, जाजरकोट, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

प्रकाशित: ४ भदौ २०८२ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast