
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिसरीले शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका विदेश सचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ।
प्रकाशित: १ भदौ २०८२ १७:१३
प्रतिक्रिया