तुइँनखोला नजिकैको पहिरो हटाइएपछि सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

हिमाल प्रेस १ भदौ २०८२ १३:५०
10
SHARES
तुइँनखोला नजिकैको पहिरो हटाइएपछि सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक फाइल तस्बिर।

चितवन- पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ९:३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुन:सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४:२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।

इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए।

आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन्। यस स्थानमा अन्य समयमा पनि ढुंगा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: १ भदौ २०८२ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast