परराष्ट्रमन्त्री राणाले दिइन् भारतलाई ७९औँ स्वतन्त्रता दिवसको शुभकामना

हिमाल प्रेस ३० साउन २०८२ १३:२८
10
SHARES
परराष्ट्रमन्त्री राणाले दिइन् भारतलाई ७९औँ स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेकी छिन्।

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा.एस जयशंकरलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताएकी छन्।

‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast