अभद्र व्यवहार मुद्दामा चक्रे मिलनसहित १९ जना धरौटीमा रिहा

हिमाल प्रेस २८ साउन २०८२ १७:५८ | Wednesday, August 13, 2025
अभद्र व्यवहार मुद्दामा चक्रे मिलनसहित १९ जना धरौटीमा रिहा

काठमाडौँ- काठमाडौँको चक्रपथस्थित होटल साम्बालामा जन्मदिन मनाउने क्रममा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जना धरौटीमा रिहा भएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभद्र व्यवहारको मुद्दा दायर गरेपछि अदालतले धरौटी तिर्ने शर्तमा रिहा गर्ने आदेश दिएको हो।

अदालतको आदेशअनुसार मिलन गुरुङ र रोजेश खड्काले ३०/३० हजार रुपैयाँ, गणेशबहादुर बोगटी, रितिक लामा र डिल्लीराज कँडेलले २०/२० हजार रुपैयाँ, बाँकी १४ जनाले १०/१० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्।

अभियोगपत्रअनुसार उनीहरूले यही साउन १६ गते राति होटल साम्बालामा ठूलो आवाजमा होहल्ला गर्ने, अश्लील शब्द प्रयोग गर्ने, सार्वजनिक स्थानमा केक काटेर भीड बनाउने, घरेलु हतियार देखाउने र ती गतिविधिका भिडियो सामाजिक सञ्जालमा राखेर आतंक फैलाउने काम गरेका थिए।

प्रहरी घटनास्थलमा पुग्दा उनीहरूले गालीगलौज गर्ने, हातपातको प्रयास गरेका थिए। साथै, गाडीमा दुई थान खुकुरी, एक स्प्रे क्यान र दुई फलामका रड प्रहरीले बरामद गरेको थियो।

प्रकाशित: २८ साउन २०८२ १७:५८ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast