
काठमाडौँ- सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लगाएकी छिन्। रवि लामिछानेको मुद्दामा लेखकले न्यायिक प्रक्रिया प्रभावित पारिएको दाबी निकिताको छ। निकिताले बुधबार सामाजिक सञ्जाल फेसबुकमा अदालतको आदेश दिने प्रक्रियामा राजनीतिक हस्तक्षेप हुने, न्यायाधीशलाई धम्की दिने र मुद्दा चलिरहेका दिनमै न्यायपरिषद्मा उजुरी पठाइने जस्ता गतिविधि भइरहेको आरोप लगाएकी हुन्।
उनले लेखेकी छन्, ‘आमथुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमान्का हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन? अदालतमा मुद्दाको पेसी चढेपछि तपाईँकै निर्देशनमा तपाईँकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ, तपाईँकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?।’
उनले सरकारी पक्षले बहसका क्रममा इजलासको प्रश्नको जवाफ दिन नसक्ने तर आदेश आउँदा ‘अस्वाभाविक गतिविधि’ देखिने गरेको दाबी गरेकी छन्। ‘दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी पेस्ट हुन्छ, पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, अनि बहसको ठिक विपरीत आदेश आउँछ,’ उनले लेखेकी छन्।
गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीको सिधा फोन अदालतमा पुग्ने गरेको कुरा सांसदहरूबाट सुनेको र हालको घटनाक्रमपछि त्यसमा विश्वास गर्न बाध्य भएको पनि उनले उल्लेख गरेकी छन्।
पत्रमा उनले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा जाने तयारी रहेको बताउँदै हरेक बहसमा सरकारी पक्ष जवाफ दिन नसक्ने तर आदेश आउँदा ‘अस्वाभाविक गतिविधि’ देखिने गरेको दाबी गरेकी छन्। उनले लेखेकी छन्, ‘दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी-पेस्ट हुन्छ, पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, अनि बहसको ठिक विपरीत आदेश आउँछ।’
उनले न्याय परिषद् र मिडियामार्फत अदालतमा दबाब सिर्जना गरिने, विशेष बेन्च र न्यायाधीशको सरुवा–बढुवा प्रक्रियाले स्वतन्त्र न्यायमा असर पार्ने गरेको आरोप लगाइन्। सर्वोच्च अदालतले उस्तै प्रकृतिको मुद्दामा धरौटीमा छोड्ने नजिर कायम गरिसकेको भए पनि लामिछानेलाई भने निरन्तर थुनामा राखिएको उनको भनाइ छ।
गृहमन्त्री रमेश लेखकको कार्यकालपछि मात्र लामिछानेमाथि मुद्दा दर्ता भएको दाबी गर्दै उनले राज्यका निकायहरूलाई ‘एकै संरचनाले कब्जा गरेको’ आरोप लगाइन्। अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिँदै उनले लेखेकी छन्, ‘न्याय पाउँछु कि पाउँदिन थाहा छैन, तर न्याय नपाएसम्म लड्छु।’
यस्तो लेखेकी छन् निकिताले फेसबुकमा