सुनको भाउ सामान्य घट्दा चाँदी बढ्यो

हिमाल प्रेस २८ साउन २०८२ ११:४५ | Wednesday, August 13, 2025
सुनको भाउ सामान्य घट्दा चाँदी बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला १,३०० रुपैयाँले घटेको सुनको भाउ आज थप १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसै सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला २,३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २,३२५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २८ साउन २०८२ ११:४५ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast