गमगढी-बालै-पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

हिमाल प्रेस २७ साउन २०८२ १२:१६
14
SHARES
गमगढी-बालै-पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

मुगु- बाढीपहिरोका कारण गमगढी-बालै-पिना सडकखण्ड पूर्ण अवरुद्ध भएको छ। लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो।

सडकका विभिन्न भागमा माटो, ढुंगा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ। बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन्। खाद्यान्न र औषधी ढुवानीमा समस्या भएको छ।

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ। दलदल माटो बगेको छ। मान्छे हिँड्न पनि समस्या छ। अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन।

प्रकाशित: २७ साउन २०८२ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast