सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

हिमाल प्रेस २५ साउन २०८२ २१:३४ | Sunday, August 10, 2025
सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

बरहथवा (सर्लाही)- जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

आइतबार यहाँको बरहथवा र हरिवनमा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको हो। मृत्यु हुनेमा कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिर हुन्।

खोला तरेर खेतमा जाने क्रममा उनी बेपत्ता भएकामा प्रहरीसहित स्थानीयवासीले खोजी गर्दा बरहथवा-१९ र चक्रघट्टा गाउँपालिकाको सीमास्थित लखन्देही खोला किनारमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

यसै गरी हरिवन नगरपालिका-१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार १४ वर्षीया दिपीका बुढाथोकीको मृत्यु भएको छ। प्रदेश ०२–०३–०१९ प ५४०८ नं को मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन्। रासस

प्रकाशित: २५ साउन २०८२ २१:३४ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast